|
प्रतीकात्मक तस्बिर

इलाम : सूर्योदय नगरपालिका–१ र माईजोगमाई गाउँपालिका–२ को सिमानामा पर्ने भोटेसाँघुमा एकजनाको शव फेला परेको छ। जोगमाईखोला नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा अन्दाजी ५० वर्षीय स्थानीय हर्कबहादुर थामीको शव फेला परेको हो। 

आइतबार साँझ घरबाट बाहिर हिँडेका हर्कबहादुर सोमबार बिहान ७ बजे पानीमा डुबेको अवस्थामा स्थानीयले मृत अवस्थामा फेला पारी प्रहरीलाई खबर गरेका थिए। मुचुल्का गरी शव पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र फिक्कल ल्याउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.