|

काठमाडौं : जागिर लगाइदिने प्रलोभन देखाएर एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सुनसरीको एक गाउँपालिका अध्यक्ष पूर्पक्षका लागि कारागार चलान भएका छन्।

भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र यादवलाई सोमबार जिल्ला अदालत सुनसरीका न्यायाधीश टिकेन्द्र दाहालको इजलासले पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। जिल्ला अदालतको आदेशसँगै यादवलाई थुनामा राख्नका लागि क्षेत्रीय कारागार झुम्का लगिएको छ।

१७ किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो। पीडित पक्षको किटानी जाहेरी, प्रहरी प्रतिवेदन, पीडितको स्वास्थ्य परीक्षण, घटनास्थलको अवस्थाको आधारमा थप अनुसन्धान गर्नुपर्ने भन्दै उनलाई कारागार चलान गरिएको बताइएको छ।

यादवलाई इलाका प्रहरी कार्यालय धरानको टोलीले गत वैशाख ८ गते साँझ धरान–४ काे एक लजबाट पक्राउ गरेको थियो। सरकारी गाडीमा किशाेरी लिएर होटलमा पुगेको सूचनाका आधारमा यादव पक्राउ परेका थिए।  

यादवले लामो समयदेखि इटहरी घर भएकी बालिकालाई जागिर लगाइदिने प्रलोभन दिएर करणी गर्दै आएको खुलेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.