|

सोलुखुम्बु : सगरमाथा आधार शिविरतर्फ झर्ने क्रममा एक नेपाली गाइडको मृत्यु भएको छ। क्याम्प १ र २ को खरपासमा लडेर २७ वर्षीय पेम्बा टासी शेर्पाको मृत्यु भएको पर्यटन विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिइन्।

उनका अनुसार मंगलबार विहान ५ बजे आधार शिविरतर्फ झर्ने क्रममा लडेर मृत्यु भएको हो। विहानको समयमा घटना भएकाले उद्धार गर्न नसक्दा घटनास्थल मै ज्यान गएको पर्यटन विभागले जनाएको छ।

उनको शवलाई तल झार्ने तयारी भइरहेको निर्देशक आचार्यले बताइन्। संखुवासभा घर भएका क्लाइम्बिङ गाइड शेर्पा ट्याग नेपाल ट्रेक्स प्रा.लि. मार्फत सगरमाथा क्षेत्रमा गएका थिए।

यो सिजनमा सगरमाथा क्षेत्रमा मृत्यु हुनेको संख्या तीन पुगेको छ। यसबाहेक आरोहण सकेर फर्कदा एक जना र शिखरतर्फ जाँदा एक जना विदेशी नागरिकको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.