|

पर्सा : कोरोना संक्रमण न्यूनीकरणका लागि जारी निषेधाज्ञा उल्लंघन गरी पर्सामा चलाइएका १९ वटा भारतीय नम्बरका मोटरसाइकल पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।

गएको १६ वैशाखबाट जिल्लामा निषेधाज्ञा जारी छ। यही समयमा कागजपत्रसमेत नभएका भारतीय नम्बर प्लेटका मोटरसाइकल चलाएको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको हो। 

प्रहरीले नियन्त्रणमा लिएका सबै मोटरसाइकल अवैध भेटिएको पर्सा पर्सा प्रहरीले जनाएको छ। बजार मूल्यअनुसार २२ लाख ६० हजार मूल्यका रहेका पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए।

योभन्दा अगाडि पनि निषेधाज्ञा उल्लंघन गरी चलाइएका ९ वटा भारतीय नम्बरका मोटरसाइकल पर्सा प्रहरीले नियन्त्रणमा लिएर वीरगन्ज भन्सार बुझाइसकेको छ। पछिल्लो पटक नियन्त्रणका १९ वटै मोटरसाइकल पनि मंगलबार नै वीरगन्ज भन्सारमा बुझाइएको प्रहरी नायव उपरीक्षक खनालले बताए।

२० दिनमा २८ अवैध बाइक पक्राउ 

२० दिनको अन्तरालमा कुल २८ वटा भारतीय नम्बरका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिइसकेको छ। अनधिकृत रुपमा जिल्लाका विभिन्न ठाउँमा चलाइएका मोटरसाइकल जिल्ला र मातहतका विभिन्न युनिटमा खटेका प्रहरीले यो संख्यामा मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक खनालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.