|

रुपन्देही : कोरोना सङ्क्रमणबाट रुपन्देहीका एक पत्रकारको निधन भएको छ। 

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीका पत्रकार हिक्मत चौधरीको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। 

अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार गत वैशाख २५ गतेदेखि कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा–५ स्थायी घर भएका ६१ वर्षीय पत्रकार चौधरीको आज बिहान मृत्यु भएको हो।

चौधरी विगत १५ वर्षदेखि रेडियो लुम्बिनीमा आबद्ध थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.