|

काठमाडौं : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न अहिले पनि देशमा निषेधाज्ञा जारी छ। त्यसो त अत्यवश्यक कामबाहेक बाहिर हिँड्डुल गर्न निषेध छ। घरभित्रै सर्वसाधारण बसिरहेका छन्। कतिपयलाई घरभित्र बस्दा-बस्दा मानसिक समस्या समेत हुने गरेको पाइन्छ। 

दिन कटाउन पनि सकस छ। अझ सामाजिक सञ्जालमा आएका कोरोनाका विभिन्न नकरात्मक सामग्रीहरूले उनीहरु चिन्तित बनेका छन्। यस्तो समस्याबाट छुटकारा पाउन मनोविश्लेषक बासु आचार्य भन्छन,‘अहिले घरभित्रै बस्नुपर्ने बाध्यता छ,यसबेला जाे काेहीलाई छटपटी हुन्छ,यस्तो बेला सामाजिक सञ्जाल हेर्दा नकरात्मक समाचारहरु हेर्नु हुँदैन।’

उनका अनुसार सामाजिक सञ्जाल हेर्दा सकरात्मक खालका समाचारहरु पढ्नुपर्छ,नयाँ कुराहरु खोजी गरेर हेर्नुपर्छ। यसले मानसिक समस्या निम्त्याउँदैन। निषेधाज्ञाका कारण अहिले बिहानै मर्निङ वाक जान पाएका छैनन्। यसबेला उनले घरभित्रै शारिरीक व्यायाम गर्न सकिने बताउँछन्।

उनले भने,‘घरको बरन्डा,कौसीमा बसेर शारिरीक व्यायाम गर्न सकिन्छ, बिहान बेलुका पाँच मिनेटसम्म मुख बन्द गरेर (हुम....गरी ध्वानी ध्यान) गर्ने,यसो गर्दा दिमागमा मेमोरी पावर बढ्छ,हर्मोन बृद्धि हुन्छ,सधैँ खुशी रहनुपर्छ,सावधानी अपनाएर जोडले मुख भित्रको हावा फाल्नुपर्छ,यसो गर्दा फोक्सो सफा गर्छ।’

१५ मिनेट सम्म योगा,ध्यान,सूर्य नमस्कार गर्दा पनि मानसिकतामा फाइदा पुग्ने उनको भनाई छ। ‘झ्याल ढोका खोलेर आनन्दले काेठाभित्रै योगा गर्नुपर्छ, बिहानै उठेर समाचार नहेर्ने, रेडियो,टेलिभिजन हेर्दा सकरात्मक र मनोरञ्जन दिने खालको दृश्यहरु हेर्नुपर्छ,यति गरियो भने मानसिक समस्या हुँदैन, निषेधाज्ञामा समय पनि कट्छ,’आचार्यले भने।

बृद्धबृद्धालाई याेग

यतिखेर फैलिएरहेको कोरोना संक्रमणबाट बृद्धबृद्धालाई उच्च जोखिम छ। मनोविश्लेषक एवं याेग शिक्षक अनन्त केसी (तुलसी) का अनुसार यस्तो समयमा बृद्धबृद्धाहरुलाई विभिन्न कथा भन्न लाउनुपर्छ,आफु सुनेर हौसला दिनुपर्छ। कथा सुनाउनु पनि पर्छ।

उनले भने,‘बृद्धबृद्धालाई मानसिकतामा असर पुग्ने खालका नकरात्मक कुराहरु सुनाउनु हुँदैन,’ उनले भने,‘सकरात्मक खालका कुराहरु सुनाउनुपर्छ,हसाउनुपर्छ,बिहानको समयमा भजन गाउन लगाउनुपर्छ।’

बालबालिकाको हकमा

मनोविश्लेषक एवं योगा प्रशिक्षक केसीका अनुसार यतिखेर निम्न वर्गिए बालबालिकालाई मानसिक समस्या भएको छ। घरमै खेल्न पाउने वातावरण पाएका छैनन्। घरबाहिर जान पनि पाएका छैनन्।

‘माथिल्लो वर्गका छोराछोरीहरुकाे मानसिक सन्तुलनमा त्यति समस्या छैन,’उनले भने,‘उनीहरुको घरमै खेल्ने वातावरण छ,तर निम्न वर्गका छोराछोरीलाई बढी समस्या छ,यस्तो बेला अभिभावकले पनि तनाव लिनु मिल्दैन,लियो भने झन थप बालबालिकालाई समस्या हुन्छ,यसबाट सचेत हुनुपर्छ।’

उनका अनुसार अहिले बढी बालबालिका मोबाइलमा विभिन्न गेम खेल्ने बानी बसेको छ। यस्तो बेला सही समयमा मात्र मोबाइल दिनुपर्छ। ‘बालबालिकालाई उनीहरुले भनेका चित्रहरु कोर्न दिनुपर्छ,पछि ठूला आर्टिष्ट बन्न सक्छन,शरीरलाई सन्तुलन गर्न खाली खुट्टा,हातलाई एक्टिभ बनाउनुपर्छ, खुट्टा सिधा पारेर उभिनुपर्छ,काडा भएको बल बालबालिकालाई निर्चोन लगाउनुपर्छ,आँखालाई स्वास्थ्य पार्न बिहानको समयमा हरियो बिरुवाहरु हेर्नुपर्छ,गणेश योग गराउनुपर्छ, हासखेल गर्नुपर्छ,मनोरञ्जन गराउनुपर्छ,’उनले भने।

उनका अनुसार बालबालिकालाई यस्ता अभ्यास गराउँदा बालबालिकाको मनोबल उच्च र मानसिक समस्याबाट छुटकारा बनाउन सकिन्छ। बालबालिका मात्र नभई जवान उमेरकाले पनि गर्नुपर्छ। ‘श्वास लिँदै बस्ने र फाल्दै उठ्ने पनि गर्नुपर्छ,बक्सिङ किक मज्जाले चलाउनुपर्छ,’उनले भने,‘तालु,पैताला,नाइटोमा तेलले मसाज गर्नुपर्छ,राति निन्द्रा नलागेमा मनतातो पानीले नुहाउनुपर्छ,स्वास्थ्यलाई भने ख्याल राख्नुपर्छ,यति कार्य गर्दा समय पनि बित्छ,मानसिक समस्यमा पनि असर पुग्दैन।’

उनका अनुसार धेरै समय सम्म सुत्नु हुँदैन,सुत्दा इम्युनिटी पावर घट्छ। सामान्यतया आठ घण्टा सुत्नुपर्छ। १६ वर्षदेखि ४० वर्ष उमेरकाले सकेसम्म ६ घण्टा सुत्नु राम्रो मानिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.