|

दाङ : घोराही उपमहानगरपालिका–९ अस्पाराका ३८ वर्षीय अमर क्षितिज भण्डारीले १० वर्ष सरकारी र दुई वर्र्ष निजी विद्यालय गरी १० वर्ष शिक्षण पेशमा बिताए। गत वर्षको कोरोना महामारीका कारण लामो समयसम्म विद्यालय बन्द भयो।

विद्यालय बन्द भएपछि उनी त्यतिकै भौतारिएनन्। त्यही बेला उनी कृषि क्षेत्रमा लागे। भण्डारीले अहिले करिब २५ कठ्ठा जमिनमा विभिन्न तरकारी खेती गर्दै आएका छन्। 

‘गत वर्ष लकडाउनले गर्दा विद्यालय पढाउन जाने वातावरण मिलेन। अब यो पेशाभन्दा अरु केही गर्नुपर्छ भन्ने सोच आएपछि कृषि पेशामा लागेको छु,’ उनले भने, ‘पहिला पनि कृषि त गर्दै आएको थिएँ। तर, त्यो  निर्वाहमुखी थियो । अहिले व्यावसायिक रुपमा लागेको छु। १२ कठ्ठा आफ्नो र १२ कठ्ठा अरुको लिजमा लिएर सुरु गरेको छु।’ 

लकडाउनले गर्दा शिक्षण पेशा छाडेपछि आफ्नै गाउँठाउँमा केही गर्नुपर्छ, भनेर कृषि पेशा रोजेको उनले बताए। कृषि क्षेत्रमा लागेपछि आफूलाई खुशी लागेको उनको भनाइ छ। 

उनले भने, ‘२÷३ महिना भयो। बारीमा तरकारीका बोटहरु हुर्कंदै, फल दिँदै छन्। त्यो देख्दा हर्षको अनुभूति हुन्छ।’ उनको बारीमा काँक्रा, भिन्डी, करेला, लौका तयारी भइसकेको छ। अहिलेसम्म पाँच लाख लगानी गरिसकेको र अब करिब २५ लाख रुपैयाँ लगानी गर्ने योजना रहेको समेत भण्डारीले बताए। 

उनले तरकारीसँगै पुशपालनको योजना बनाएको समेत सुनाए। उनले भने, ‘अहिले तरकारी खेती गरिरहेको छु। अब गाई र भैंसी ल्याउने योजना रहेको छ।’

नेपाल कृषि प्रधान देश भनिए पनि व्यवहारतः त्यो नभएको उनको भनाइ छ। कृषि पेशामा अहिलेसम्म कसैको प्राथामिकतामा नपरेको उनले बताए। कृषकहरुले वर्षांैदेखि परम्परागत खेती गर्दै आइरहेकाले उन्नति नभएको उनको बुझाइ छ। कृषि पेशा अँगालेका कृषकहरुका लागि सरकार विशेष प्याकेज ल्याउनुपर्ने उनको सुझाव छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.