तनहुँ : तनहुँको व्यास नगरपालिकाले कोरोनाबाट मृत्यु हुने विपन्न परिवारलाई १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
शुक्रबार बसेको कार्यपालिका बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु हुने विपन्न परिवारलाई शववाहन र काजकिरिया खर्च वापत जनही १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।
मृत्यु भएकाको परिवारलाई सम्बन्धित वडाको सिफारिशमा राहत दिने निर्णय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। त्यस्तै, कोभिड–१९ सङ्क्रमित भई उपचाररत विपन्न एवं मजदुर परिवारलाई पाँच हजार रुपैयाँ उपचार एवं सुविधा उपलब्ध गराउने निर्णय भएको श्रेष्ठले बताए।
नगरपालिकामा हालसम्म ६१६ जनाको पिसिआर परीक्षण गरिएकामा ४३३ जनाको प्रतिवेदन आउँदा २९१ सङ्क्रमित भएका छन्। त्यसमध्ये १० जनाको मृत्यु भएको छ। त्यस्तै, ५९ सङ्क्रमणमुक्त भएका छन्।
२२२ जनाको सामुदायिक आइसोलेशन, दमौली अस्पताल, जिपी कोइराला श्वासप्रश्वास अस्पताल र होम आइसोलेशनमा उपचार भइरहेको छ। साथै, १८३ जनाको रिपोर्ट आउन बाँकी रहेको नगरपालिकाले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।