|

काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले देशको नेतृत्व 'गणतन्त्रविरोधी बयलगाडे'हरूको हातमा पुगेकाले अहिले गणतन्त्रप्रति नै अनास्था जगाउने काम भैरहेको तर्क गरेका छन्‌। 

विद्युतीय सामाजिक सञ्‍जाल ट्वीटरमा भट्टराईले यस्तो लेखेका हुन्। साथै, यस्तो स्थिति हटाउन 'गणतन्त्रविरोधी बयलगाडे' लाई परास्त गरी जनताको हालतमा आएको सार्वभौमसत्ता रक्षा गर्न पनि उनले आग्रह गरेका छन्‌।

​हालका प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र अन्त्य गरेको दोस्रो जनआन्दोलनको छेकोमा नेपालमा गणतन्त्र स्थापना गर्नु बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै भएको अभिव्यक्ति दिएका छन्‌। पूर्वप्रम भट्टराईले उनै ओलीप्रति कटाक्ष गरेका हुन्‌।

​गणतन्त्र स्थापना भएको आज १४ वर्ष पूरा भएको छ। डा. भट्टराई नै योजनाकार रही पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वमा वि.सं. २०५२ साल फागुन १ गतेदेखि शुरू भएको जनयुद्ध र त्यसकै बलमा २०६२/६३ मा जनआन्दोलन भई नेपालमा गणतन्त्र स्थापना भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.