|

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक फेरि सरेको छ। 

आज विहान १० बजे बस्ने गरी बोलाइएको बैठक भोलि विहान ११ सम्मका लागि स्थगित गरिएको एमाले नेता सुवास नेम्बाङले जानकारी दिए। 

एमालेका १२ नेतालाई सोधिएको स्पष्टीकरणका बारेमा अब के गर्ने भन्ने बारेमा बैठक बोलाइएकोमा अझै एक दिन अध्यक्ष केपी शर्मा ओलीले पर्खिने भएपछि बैठक भोलिका लागि सारिएकाे जनाइएकाे छ।

आज लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको उपनिर्वाचन भएकोले त्यसको नतिजा के हुन्छ र त्यसपछि स्थायी कमिटी बैठक बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जनाकारी दिए। 

एमालेका  नेताहरू सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो। उनीहरुले अझै स्पष्टीकरण नबुझाएको तामाङले बताए। अब पार्टीले के कारबाही गर्छ भन्ने बारेमा स्थायी कमिटी बैठकमा छलफल हुने छ। उनीहरुलाई कारबाही गर्ने वा नगर्ने जिम्मा अध्यक्ष ओलीलाई दिएको छ।  

यस अघि पार्टीको अनुशासन विपरीत गतिविधिमा संलग्न भएको भन्दै यसअघि एमालेले नेताहरू नेपाल, झलनाथ खनाल, भीम रावल, रामकमारी झाँक्री, मुकुन्द न्यौपाने, सरला यादव, कल्याणी खड्का, पुष्पा कर्ण, निरु जैरु, कलिना खान र लक्ष्मीकुमारी चौधरीलाई साधारण सदस्यसमेत नरहने गरेर निष्कासन गरिसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.