|

काठमाडौं :  जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सहमति मै पार्टी अलग गर्नुपर्ने बताएका छन्। 

 सामाजिक सञ्जालमा आफ्नो विचार लेख्दै उनले भनेका छन् ‘हात मिलाएर आ–आफ्नो बाटो लागौं। हिडिरहे फेरि भेट हुनेछ।’

अहिले जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच विवाद चुलिएको छ। एकले अर्काका २४ घण्टे स्पष्टीकरण सोधेका छन्। अध्यक्ष ठाकुरले यादवलाई २४ घण्टे स्पष्टीकरणको जवाफ नदिने बताइसकेका छन्। यस्तै यादवले पनि स्पष्टीकरण कुनै औचित्य नभएको बताएका छन्। उनीहरुले आफ्ना सदस्य तथा सांसदलाई आफ्नो पक्षमा पार्ने कोसिस गरिरहेका छन्। 

यस्तो बेला डा। भट्टराईले तानातान अन्त्य गर्नुपर्ने बताएका छन्। उनले भनेका छन्, ‘मान्छे तानातान र किनबेचको तमासा नगरौं। भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिऊॅ।’

उनले अहिले नयाँ ध्रुवीकरण गर्नुपर्ने बेला आएको पनि बताएका छन्। ‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो,’ उनले भनेका छन्, ‘नयॉ निर्माण निम्ति पुरानो भत्कनै पर्छ। समयले नयॉ ध्रुवीकरण खोज्दै छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.