|

काठमाडौं :  लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको मतदान सुरु भएको छ। घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने मुख्य निर्वाचन अधिकृत रीतेन्द्र थापाले जानकारी दिए। 

उपनिर्वाचनमा सत्तापक्ष र विपक्षी गठबन्धनबाट दुई जनाको उम्मेदवारी परेको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका विपक्षी गठबन्धनका तर्फबाट दुगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार छन्। विपक्षी गठबन्धनका उम्मेदवारले एमलेको असन्तुष्ट समूहले पनि सहयोग गर्ने भएको छ। 

पाण्डे हालै एमालेबाट कांग्रेस र खड्का माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका हुन्। निर्वाचनमा मतदान गर्ने मतदाताहरुले पिसिआर परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ। संक्रमित मतदाताका लागि लागि छुट्टै मतदान स्थल बनाइएको छ। 

निर्वाचनमा कुल मतदाता ३ सय जना छन्। जसमा प्रदेश सांसदको संख्या ८३ छ भने स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष गरी २ सय १७ जना छन्। उपनिर्वाचनमा मतदाता नामावलीमा नाम नभएका चार जना मन्त्रीले पनि मत दिन पाउने भएका छन्। 

जनता समाजवादी पार्टी नेपालले कारबाही गरेर पद गए पनि पछि सर्वोच्च अदालतले पुनर्बहाली गरेका प्रदेशसभा सदस्यहरु कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयबहादुर यादवलाई निर्वाचन आयोगले हिजो साँझ मताधिकार दिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.