|

रसुवा : कोभिड–१९ का कारण नेपालमा सङ्क्रमित बिरामीको उपचारमा सहज पार्न चीन सरकारले मंगलबार अक्सिजन सिलिन्डर प्रदान गरेको छ।

स्वास्थ्य सेवा विभागलाई एक हजार ५०० थान अक्सिजन सिलिन्डर एवम् पाँच लाख २७ हजार ५०० थान एन–९५ मास्क टिमुरेस्थित भन्सार हातामा आइसकेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए। 

आफ्नो हातामा ल्याइएका सामग्री नियमानुसार परीक्षण अगाडि बढिरहेको र ती सामग्री आजै टिमुरेबाट काठमाडौं लगिने प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.