|

बैतडी : बैतडीका दुई युवाले  कोरोना संक्रमित बोक्नका लागि  निःशुल्क एम्बुलेन्स सेवा  सञ्चालन गरेका छन्।  नेकपा (एमाले)का जिल्ला कमिटी सचिवालय सदस्य लोकेन्द्र भण्डारी र युवासंघका जिल्ला सदस्य भुवन जोशीले निःशुल्क एम्बुलेन्स सेवा  सञ्चालन गरेका हुन्।

आर्थिक अभावमा अस्पताल जान समस्या नपरोस् भनेर उनीहरु दुवैजनाले  जिपलाई भाडामा लिएर महामारी नियन्त्रण नहुँदासम्मका लागि सेवा सञ्चालन गरेका हुन्।

अहिले कोरोना भाइसको संक्रमण दिनप्रतिदिन फैलिइरहेकाले  त्यसको रोकथाम र नियन्त्रणका लागि   एम्बुलेन्स सेवा सञ्चालन गरेको  नेकपा(एमाले)का जिल्ला कमिटी सचिवालय सदस्य लोकेन्द्र भण्डारीले बताए। एउटा जिपलाई भाडामा लिएर निःशुल्क रुपमा  संक्रमित बिरामी बोक्ने व्यवस्था गरेका हौं। उनले भने, ‘कोरोनाका बिरामीलाई अस्पतालसम्म पुर्‍याउन निःशुल्क गाडीको व्यवस्था गरेका छौं,महामारीसम्म यो व्यवस्था गरेका हौं।’

पाटन नगरपालिकाभित्रका कोरोना संक्रमितलाई मध्यनजर गर्दै उक्त व्यवस्था गरिएको भए पनि आवश्यकता परेमा जिल्लाका अन्य ठाउँका बिरामीलाई सेवा दिइने भण्डारीको भनाइ छ।  उनले भने, ‘कोरोना संक्रमित तथा अन्य बिरामी यातायात अभावको कारणले अकालमै मृत्युवरण नगरून् भन्ने उद्देश्यले हामीले बिरामीको घरबाट अस्पतालसम्म पुर्‍याउने २४ सै घण्टा नि:शुल्क यातायात सेवा सञ्चालनमा ल्याएका हौ।’

स्वास्थ्यमा समस्या आएमा लोकेन्द्र भण्डारी ९८५१०६६५५१ भुवन जोशी ९८५११२३९४५ र चालक ९८६९४४०६०९ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ।

यस्तै,  पाटनका युवा व्यवसायी शंकर विष्टले पाटन नगरपालिका र दोगडाकेदार गाउँपालिकामा २० हजार मास्क वितरण गरेका छन्। यसका साथै केही मास्कहरु इलाका प्रहरी कार्यालय पाटनलाई वितरण गरिएका छन् ।

कोरोना नियन्त्रणको अभियानमा सरकारी तथा निजीस्तरबाट पहल भइरहेकोमा आफूहरूले पनि सक्दो सहयोग गरिरहेको विष्टको भनाइ छ।

यसैबीच सेवक मित्र नाम गैरसरकारी संस्थाले पाटन नगरपालिकालाई ४ थान नयाँ अक्सिजन कन्सन्ट्रेटर र एक थान पल्सअक्सिमिटर हस्तान्तरण गरेको छ। कोभिडका बिरामीहरूको उपचारका लागि सहज होस् भनेर सेवक मित्रको पहलमा अक्सिजन कन्सन्ट्रेटर खरिद गरी स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको हो।

नेपाल ख्रिष्टीयन रिलिभ सर्भिसको आर्थिक सहयोगमा सेवक मित्रमार्फत अक्सिजन कन्सन्ट्रेटर खरीद गरिएको सेवक मित्रका प्रोजेक्ट कोडिनेटर राजेन्द्र मनरालले बता। करिब साढे ४ लाख बराबरको लागतमा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको जनाइएको छ।

नगरपालिकामा प्राप्त भएको अक्सिजन कन्सन्ट्रेटरले कोभिडका बिरामीको उपचारमा सहयोग पुग्ने पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए।

बैतडी जिल्लामा हाल ४९८ जना कोरोना सक्रिय संक्रमित रहेका छन् भने कोरोनाकै कारण हालसम्म १५ जनाको मृत्यु भइसकेको छ।  जिल्लामा जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.