|

सुर्खेत : कर्णाली प्रदेशमा कांग्रेस सरकारका जाने भएको छ। कांग्रेसले दुई मन्त्रालय नपाएसम्म सरकारमा नजाने भन्दै आजसम्म चुप बसेको थियो।

प्रदेशसभाको हिउँदे अधिवेशन सुरु भएको पहिलो दिन वैशाख ३ गते माओवादी केन्द्र नेतृत्वको सरकार अर्थात् मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर शाहीको सत्ता जोगाएको थियो। केही समयमै सरकारमा जाने सहमति भएको कांग्रेस तर आफूले दुई मन्त्रालय नपाएसम्म सरकारमा नजाने भन्दै मौन बसेको हो।

कर्णाली प्रदेशसभाको तेस्रो ठूलो दलको रुपमा नेपाली कांग्रेस रहेको छ। प्रदेश सभा सदस्य तथा सार्वजनिक लेखा समितिका अध्यक्षसमेत रहेका सांसद दीनबन्धु श्रेष्ठले साँझ छलफल भइरहेको र साँझसम्ममा  निर्यण बाहिर आउने बताए। प्रदेश सरकारले दुईवटा मन्त्रालय दिने भएपछि आजै (बिहीबार) सरकारमा जाने तयारी भएको हो।

कांग्रेस स्रोतका अनुसार सरकार तथा पार्टीसँगको सहमतिमा कांग्रेसले सुर्खेतका सांसद यज्ञबहादुर बिसीलाई सामाजिक विकास मन्त्रीमा र जुम्लाका सांसद दीनबन्धु श्रेष्ठलाई जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा पठाउने भएको छ।

पछिल्लो समय कांग्रेसले सामाजिक विकास मन्त्रालयबाट अलग्याएर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गाभिएको युवा तथा खेलकुद कार्यक्षेत्रलाई सामाजिकमै ल्याउनुपर्ने शर्त राखेको थियो।

  हाल ३५ सदस्य रहेको कर्णालीमा प्रदेश सभामा एमालेका सभामुखसहित १६, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन्। कांग्रेस सत्ताधारी भएसँगै सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट संसदबाट पारित हुने करिब निश्चित भएको छ।

नेपाली कांग्रेसले माओवादी सरकारलाई जोगाउन वैशाख तीन गते विश्वासको मत दिएको सँगै ६ महिनापछि संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउने सहमति मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.