|

काठमाडौं : साल्ट ट्रेडिङ्ग बाट खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट पाइने भएको छ।

बिहीबार एक सूचना जारी गर्दै साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले निषेधाज्ञा अवधिभर खाद्यान्न तथा ग्यासमा २० प्रतिशत छुट दिने जनाएको हो।

सरकारले आर्थिक आगामी आर्थिक वर्ष २०७८ ०७९ को बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर उपभोक्ताले खरिद गर्ने खाद्यान्नमा २० प्रतिशत छुट दिने निर्णय गरेअनुसार उक्त छुट दिइने लिमिटेडका निमित्त सहायक कार्यकारी निर्देशक पंकज जोशीले जारी गरेको सूचनामा उल्लेख छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.