|

सुर्खेत : कर्णाली प्रदेश सरकारले जेठ २५ गतेभित्र संसद अधिवेशन बोलाउने भएको छ।

दलहरूको आग्रहपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २५ गते भित्रै अधिवेशन बोलाउने बताएका हुन्। सभामुख राजबहादुर शाहीको आह्वानमा बिहीबार बसेको सर्वदलीय बैठकले प्रदेशसभाको वर्षे अधिवेशन अविलम्ब बोलाउन आग्रह गरेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपेन्द्र गुरुङले थाहाखबरलाई जानकारी दिए।

सरकारले नयाँ आर्थिक वर्षका लागि झण्डै ३० अर्बको बजेट ल्याउने तयारी गरेको छ। असार १ गतेभित्र बजेट ल्याइसक्नुपर्ने प्रावधान छ। प्रतिपक्षी दल नेकपा एमालेले भने बजेट अधिवेशन बोलाउन यसअघि नै आग्रह गरिसकेको छ।

सरकारले कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै प्रि–बजेट छलफल बिना नै पूर्ण बजेट ल्याउने तयारी गरेको थियो। यद्यपि, प्रतिपक्षले भने प्रि–बजेट सामाजिक दुरी कायम गरेरै भएपनि छलफलमा ल्याउनुपर्ने माग गरेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.