|

काठमाडौं : नेकपा एमाले माधव नेपाल समूहका चारजना केन्द्रीय सदस्यले २०७५ जेठ २ मा फर्किने भन्ने एजेण्डा राजनीतिक र वैचारिक नभएको भन्दै यत्तिकै भरमा अध्यक्ष केपी ओलीसँग मिल्दा घरको न घाटको भइने चेतावनी दिएका छन्।

एमाले केन्द्रीय सदस्यहरु प्रकाश ज्वाला,जगन्नाथ खतिवडा, विजय पौडेल र राजेन्द्रकुमार राईले झलनाथ खनाल र माधव नेपाललाई लिखित सुझाव दिदै पहिलो शर्त केपी ओली सरकारको बहिर्गमन र राजनीतिक दलहरूको सहकार्य रहेको प्रष्ट पारेका छन्।

चार नेताले कार्यदलको नाममा भएका वार्ता र छलफलहरु अपारदर्शी र माधव नेपाल समूहमै फुट ल्याउने षडयन्त्र भन्दै यस्ता वार्ताका नअल्मलिन समेत सुझाव दिएका छन्।

९ बुँदे लिखित सुझावमा भनिएको छ ‘रातारात कुनै नाटकीय सम्झौता गरेर सर्वोच्च अदालतबाट मुद्दा फिर्ता लिन लाउने अभिप्रायले पटक पटक मध्यरातसम्म पनि वार्ताको चाप बढाइएको भन्ने पनि सहज अनुमानकै विषय हो। तसर्थ मुद्दाको किनारा नलागेसम्म वार्ता वा सम्झौताको कुनै पहल नगर्नु नै उचित हुनेछ भनी सचेत गराउन चाहन्छौं।’

 एमाले मिले पनि आगामी दिनमा हुने सबै तहको निर्वाचनमा टिकट वितरणको प्रक्रिया नै धेरै पक्षपातपूर्ण, विभेदकारी, पूर्वाग्रही र अन्तरघातमय हुने भन्दै केपी ओलीको आँखामा कम्फरटेबल हुने पात्र मात्र रोजाइमा पर्ने उनीहरुको बुझाइ छ। 

यस्तो छ  लिखित सुझाब

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.