|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहका सूर्य थापाले अमेरिकाले नेपाललाई ५० लाख डोज खोप अनुदानमा दिने बताएका छन्।  सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै सल्लाहकार थापाले नेपाललाई ५० लाख डोज खोप अनुदानमा दिन लागेका जानकारी दिएका हुन्। 

यद्यपी अमेरिकाले भने एसियाली देशलाई ७० लाख डोज खोप छुट्याएको जानकारी दिएको छ। थापाका अनुसार चीनले १८ लाख डोज खोप अनुदानमा दिने उल्लेख गरेका छन्। १८ लाख मध्ये १० लाख नेपाल आइपुगेको छ। 

त्यस्तै भारतले अनुदानमा दिएको ११ लाख डोज खोप भने यस अघि नै नेपाल आएको छ। नेपाली सेनालाई दिएको एक लाख र फ्रन्टलाइनका लागि खोप लगाउन भन्दै भारतले १० लाख डोज खोप अनुदानमा दिएको थियो। त्यस्तै भारतबाट १० लाख डोज खरिद गरेर ल्याइएको छ भने १० लाख डोज खरिदका लागि यस अघि नै अग्रिम भुक्तानी गरिसकिएको छ। 

थापाका अनुसार कोभ्याक्स सुविधा अनुसार ३ लाख ४८ हजार डोज खोप आउने छ। यो सबै जोड्दा १ करोड २ लाख ४८ हजार डोज खोप नेपाल भित्रिने थापाले जानकारी दिएका छन्। नेपाललाई कुल चार करोड डोज खोप आवश्यक पर्ने थापाको भनाइ छ। 

अमेरिकाले नेपाललाई खोप दिन लागेकाे भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जाे बाइडेनलाई धन्यवाद  दिएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति सि जिङ पिङसँग टेलिफोन वार्ता गरेर नेपाललाई खोप दिन आग्रह गरेकी थिइन्। त्यस्तै राष्ट्रपति भण्डारीले अमेरिकी राष्ट्रपति जाे बाइडेन, बेलायती महारानी एलिजावेथलाई पत्र लेख्दै  नेपाललाई खोप उपलब्ध गराउन आग्रह गरेकी थिइन्।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.