|

अहिले गाउँ समाज घर परिवारमा बालक वृद्ध हट्टाकट्टा र लक्का जवानलाई समेत कसरी ज्यान जोगाउने भन्ने चिन्ताले पिरोलेको अवस्था छ। एफएम तथा टेलिभिजनबाट प्रसारित भई रहेको कोरोनाका समाचारले हरेकको पटक–पटक मुटुको धड्कन बढ्ने र घटने गरेको छ।  

बालक, गर्भवती रज्येष्ठ नागरिकमा मात्र होइन अधिकांसमा यो भई रहेको अवस्था छ। नेपालमा २०६८ को जनगणनाअनुसार कुल जनसंख्याको ८ प्रतिशतज्येष्ठ नागरिक छन्।ज्येष्ठ नागरिकहरू हाम्रालागि भविष्यको ऐना भए पनि हामीले ऐनाको प्रयोग गर्न नसक्दा घर परिवार गाउँ समाज तथा सरकारलाई बोझ जस्तै भएका छन्।

अहिलेको यस विषम परिस्थितिमा कतिपयज्येष्ठ नागरिक डिमेन्सिया, उच्च रक्तचाप, पार्किन्सन, प्यारालाईसिस, मुटु रोग, दम, खोकीपोठघर खस्ने, क्यान्सर, ग्यास्टिक, आँखा नदेख्ने कान नसुन्ने, निद्रा नलाग्ने, भोक लाग्ने तथा खाना नपच्ने  समस्याले पीडित भइरहेको अवस्था छ। 

दुनियाँमा बालक र किशोर र युवा अवस्था सकिएपछि वृद्धावस्था आउँछ। ऐन कानुन र सन्धि महासन्धिले पनि राम्ररी हेर्न र संरक्षण गर्न नसकेको तथा गाउँ समाज, परिवार, छोरा बुहारीबाट सम्मान प्राप्त गर्न कठिनाइ रहेको यो अवस्था वृद्ध तथा प्रौढ अवस्था हो।

चीनको वुहानमा जब कोरोना भाइरसको उत्पत्ति भयो, त्यसपछि विश्वजगतको बजारमा सत्य असत्य भए नभएका हल्ला र प्रचार बाहिर आइरहे। जसमध्येको एउटा हल्ला कोरोनाज्येष्ठ नागरिकहरूका लागि बढी खतरनाक छ। लाग्यो भने बाँच्दैनन् भन्ने हल्लाले उनीहरूलाई धेरै सतायो।

हल्लाले विश्वमैज्येष्ठ नागरिकहरूमा त्रास बढायो सुगर र प्रेसर डिप्रेसन नभएकालाई यो भयो। तर जुन रुपमा हल्ला आएको थियो त्यसलेज्येष्ठ नागरिकलाई त्यति ठूलो क्षति पुर्‍याएन १०४, ९६, ८८ वर्षकाज्येष्ठ नागरिक कोराना जितेका घटना हाम्रासामु छन्।

श्रीमानको श्रीमती, छोरा छोरीको बुवा आमाप्रति, छिमेकीको गाउँ समाजप्रतिको कर्तव्‍य निर्बाह गराई तथा सरकारको काम गर्ने तौर तरिका र गैरजिम्मेवार निर्णयका कारण भोलिका दिन हामी सबैका लागि झन् भयाबह नहोलान् भन्न सकिन्न।

लापरबाहीको पनि सीमा र हद हुन्छ एक ठाउँबाट अर्को ठाउँ जाने पास नै रोक्नु कत्तिको सान्दर्भिक हुन्छ। सरकारले बारम्वार भन्दै आइरहेको कुरा मास्क प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, लखरलखर घरबाहिर नजाने र गइहालेमा पटक-पटक स्यानिटाइजर प्रयोग गर्ने, साबुन पानीले हातधुने र घर आइसकेपछि पनिज्येष्ठ नागरिकहरूको नजिक नजाने सूचनाको राम्रो कार्यान्वयन हुन सकेन। लाग्छ हामी हाम्रो घर परिवारमा कोरोना कहर भित्र्याउन कुनै कसर बाँकी नराखी स्वागत गर्न गल्ली तथा चौबाटोमा भौतारिइरहेका छौँ।

जेष्ठ नागरिक कति वर्षकालाई मान्ने भन्ने सम्बन्धमा विवाद भए पनिज्येष्ठ नागरिक ऐन २०६३ को दफा २ ले ६० वर्ष उमेर पूरा गरेकालाईज्येष्ठ नागरिक भनेको पाइन्छ। नेपालको संविधानको धारा ४१ लेज्येष्ठ नागरिलाई विशेष संरक्षण र सामाजिक सुक्षाको हक प्रदान गरेको छ। 

मनमोहन प्रधानमन्त्री भएका बेला मासिक सय रुपैयाँ दिन शुरु गरिएको वृद्धभत्ता नेपाल सरकारले चार हजार पुर्‍याएको छ। जसले अधिकांशज्येष्ठ नागरिकलाई ठूलो मद्धत गरेको छ। उनीहरूको आत्मबलमा वृद्धि गरेको छ।

मानव अधिकारको विश्वव्‍यापी घोषणापत्र १९४८, नागरिक तथा राजनीतिक अधिकार, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्‍तर्राष्ट्रिय  प्रतिज्ञापत्र १९६६ ले पनिज्येष्ठ नागरिकका विषयलाई समेटेको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमाज्येष्ठ नागरिकका सम्बन्धमा थुप्रै सेवा सुविधाका प्रावधान भए पनि कार्यान्वयन हुन सकेका छैनन्।ज्येष्ठ नागरिकले घर परिवार, गाउँ समाज, स्थानीय तह तथा नेपाल सरकारसँग विभिन्न प्रकारका लडाइँ लडिरहनु परेको छ।

जेष्ठ नागरिकसम्बन्धी संयुक्त राष्ट्रसंघीय सिद्धान्त १९९१ लेज्येष्ठ नागरिकको स्वतन्त्रता, सहभागिता, हेरविचार, आत्मपरिपुरण, स्वास्थ्य, सामाजिक सुरक्षा, मर्यादा र सम्मानित जीवन जीउने अधिकारको सुनिश्चित गरेको छ।

जेष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको प्रस्तावनामाज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, निजहरूमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी निजहरूप्रति श्रद्धा, आदर तथा सद्भावको अभिवृद्धि गर्ने सम्बन्धमा तत्काल व्यवस्था गर्न वाञ्छनीय भएकोले यो ऐन ल्याइएको भनी उल्लेख छ।

दुनियाँमा बालक र किशोर र युवा अवस्था सकिएपछि वृद्धावस्था आउँछ। ऐन कानुन र सन्धि महासन्धिले पनि राम्ररी हेर्न र संरक्षण गर्न नसकेको तथा गाउँ समाज, परिवार, छोरा बुहारीबाट सम्मान प्राप्त गर्न कठिनाइ रहेको यो अवस्था वृद्ध तथा प्रौढ अवस्था हो।

अहिले नयाँ संस्कृतिको आगमनले पुरानो संस्कृति पाखा लाग्दै गएको अवस्था छ। वर्षौं दिनपछि भेट भएकाज्येष्ठ नागरिकसँग  कुराकानी गर्नुको सट्टा हामी आफूलाई आधुनिक भन्दै मोबाइल हातमा लिई घोप्टे युगमा रुम्मलिइरहेका छौँ। पुरानो संस्कृति मान्नेहरू नयाँ संस्कृतिमा आफूलाई ढाल्न गाह्रो ठानी रहेका छौँ।​भूमण्डलीकरणले गर्दा रहनसहन जीवन पद्धति सामाजिक मूल्य र मान्यतामा असर पर्दै गइरहेको छ।

नयाँ र पुरानो पुस्ताको बीचको दूरी बढ्दा बढ्दै नयाँ पुस्ता संयुक्त परिवारबाट खण्डित भई एकल परिवारमा बस्न चाहन्छ। यस परिवेशमा नयाँ पुस्तासँग जोस जाँगर, जिउ ज्यान, पेशा व्‍यवसाय, कला कौशल तथा अभिनय सबै थोकबाट ऊ धनी छ।

तर, अचेल परिवारमा बढ्दै गएको असमझदारीको काराणले ६० वर्ष पार गरेका, उमेर छँदा घर परिवार, गाउँ समाज, राष्ट्रलाई सहयोग गरेका मानिस पनि धेरै पीडित देखिन्छन्।  दुई चार गाँस खानेमन हुँदाहुँदै पनि छोरा, बुहारी नाति नातिना खालान् भनी भान्साबाट हिँडेका छन्।

मातृ देवो भवः पितृ देवो भवः गुरु देवो भवः भन्ने मन्त्रलाई सबैले व्‍यवहारमा लागू गर्‍यौँ भने यसैमा सबैको कल्याण हुनेछ।ज्येष्ठ जागरिक खुसी हुनेछ भने मानव अधिकारको मूल्य र मान्यता, कानुनको कार्यान्वयन हुनेछ जसले मानव अधिकारको संरक्षणमा टेवा पुग्‍नेछ।

लामो समय सन्तानका लागि काम गरेका,  खाऊँखाऊँ लाऊँलाऊँ भन्ने उमेरमा मनमा पीडा र पेटमा रोग पालेर बसेका छन्। यसरी सबै कुराबाट कमजोर बन्दै गएको अवस्थामा उनीहरू महामारीका रूपमा देखा परेको कोरोनाको कारणज्येष्ठ नागरिक झन् पीडित भएका छन्।

कोरोनाको महामारीका कारण अधिकांशज्येष्ठ नागरिकले २०७६ साल चैतयता आफ्ना मनपर्ने दौतरीसँग सुख दुःखका कुरा साटासाट गर्न पाएका छैनन्। सडकमा हिँडन पाएका छैनन्।  गोरस तथा साग तरकारी खान पाएका छैनन्।

पहिलो डोज कोभिसिल्ड पाएकाले दोस्रो डोज पाएका छैनन्। खोप लगाउँदा दिएको कार्डमा ‘तपाईंले कोभिड १९ विरुद्धको खोप लिनुभयो? खोप लगाएर यो रोगविरुद्ध प्रतिरोधात्मक क्षमता विकास हुन कम्तीमा १ महिनाको फरकमा यो खोप २ मात्रा लगाउनुपर्छ’ भन्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा कोभिड १९ विरुद्ध खोप अभियानमा लेखिएको छ। तर, फागुनमा पहिलो डोज लगाएकाले एक महिना त के तीन महिनासम्म दोस्रो डोज लाउन पाएका छैनन्।

 जेष्ठ नागरिकहरू सो कार्ड देखाउँदै सोधिरहेका छन् बाबु खोप कहिले आउँछ? हामीलाई एक महिनाभित्र आउँछ भनेका थिए। खोप कहिले आउने हो भनी सोच्दा सोच्दैज्येष्ठ नागरिकको रक्तचाप  मधुमेहलगायतका रोग बढेको अवस्था छ। उनीहरूमा खोप कहिले पाइने हो दोस्रो डोज नपाएमा हानि गर्ने पो हो कि भन्ने चिन्ता बढेको छ।

माउसुलीले त बेलुका सुत्नेबेला भोलि घर बनाउँछु भनी योजना बनाउँछ भने धन्य ओली सरकार दोस्रो डोज खोपको सुनिश्चितता नगरी किन पहिलो डोज खोप दिनुभयो? पहिला १ महिनाभित्र दोस्रो डोज दिनुपर्छ भन्ने नेपाल सरकार र बिश्व स्वास्थ्य संगठन अहिले तीन महिना भन्दैछन्। हिजो कोभिसिल्ड लाउनेले सोही नै लाउनुपर्छ भन्नेहरू अहिले अर्कै लाए पनि हुन्छ भन्न थालिएको छ। यसले पनिज्येष्ठ नागरिकहरूमा तनाव सृजना गरेको छ।

घरपरिवार गाउँ समाजबाट चेपुवामा परेकाज्येष्ठ नागरिक अहिले सरकार र कोरोनाबाट समेत पीडित भएका छन्। पीपल चौतारोमा जम्मा भई सबैज्येष्ठ नागरिक बसेर पारीवारीक राजनीतिक राष्ट्रिय अन्तर्राष्ट्रिय गफ गर्न नपाउँदै कतै दौत्तरीहरूसँग भेटघाट र सुख दुखका कुरा नबाँडी घरमै यही बेलामा मर्नु परे मलामी पनि कोही जाँदैनन् र विधिपूर्वक सदगतसमेत हुँदैन भन्ने चिन्ताज्येष्ठ नागरिकहरूमा थपिएको छ।

आफ्नै कोखबाट जन्मेका सन्तानले भोलिका दिनमा घरबाट निकालिदेला, वृद्धा आश्रममा बास गराउला भन्ने कल्पना कसले गरेको होला र? त्यसैले धागोलाई चुडाए जस्तो व्‍यवहार बुबा आमासँग नगरौँ।

आमा बुबा वर्षमा १ दिन विभिन्न प्रकारका खाना तथा फलफूलका परिकार लगेर फोटोका लागि मात्र नभएर सदैवज्येष्ठ नागरिकलाई त्यस्तो प्रकारको खाना र व्‍ववहार घर परिवार गाउँ समाजमा भयो भने पक्वै पनिज्येष्ठ नागरिकहरू खुसी हुनेछन्।

स्थानीय सरकार, संघीय सरकारबाटज्येष्ठ नागरिकलाई प्रदान गरिने सेवा सुविधामा समय परिवेशअनुसार अफ्ट्यारो हैन सजिलो गरी पाउने व्‍ववस्था गरिनुपर्छ। सरकारले यातायात तथा स्वास्थ्यमा दिने भनेको छुट व्‍वावहारिक कार्यान्वयन तदरुकता साथ हुनुपर्छ।

जेष्ठ नागरिकका सम्बन्धमा ऐन कानुन, नीति नियम र मानव अधिकारको मूल्य र मान्यता व्‍यवहारमा कार्यान्वयन तत्काल कार्यान्वयन गरिनुपर्छ। कानुन देखाउन मात्र बनाइएका हुँदैनन्।

मातृ देवो भवः पितृ देवो भवः गुरु देवो भवः भन्ने मन्त्रलाई सबैले व्‍यवहारमा लागू गर्‍यौँ भने यसैमा सबैको कल्याण हुनेछ।ज्येष्ठ जागरिक खुसी हुनेछ भने मानव अधिकारको मूल्य र मान्यता, कानुनको कार्यान्वयन हुनेछ जसले मानव अधिकारको संरक्षणमा टेवा पुग्‍नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.