|

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

अहिले नेपालको मौसममा पश्चिमी तथा पूर्वी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ। सोमबार बिहान देशका केही पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ। अन्य स्थानहरू सामान्यतया सफा रहेको छ।

दिउँसो प्रदेश १, प्रदेश २ का साथै अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

सोमबार राति देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकीका केही स्थानमा हल्का वर्षा को सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.