|

इलाम : जोर्डनविरुद्ध पहिलो हाफमा नेपाल १–० गोल अन्तरले पछि परेको छ। खेलको २४ औं मिनेटमा वाहा फैजलले आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाएका हुन्।

नेपालका रोहित चन्दले जोर्डनका मौसा मोहमद सुलेमानलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो। जसलाई फैजलले सदुपयोग गर्दै टिमलाई अग्रता दिलाए। खेलको २२ औ मिनेटमा नेपालका सन्तोष तामाङले खेलको पहिलो पहेलो कार्ड प्राप्त गरे।

नेपालमाथि हाबी भएको जोर्डनले अधिकांश समय बल पोजेसन आफ्नो पक्षमा पारेको छ। जोर्डनी फरवार्डको एकपछि अर्को गोलका अवसरलाई नेपालका कप्तान रहेका गोलरक्षक किरण चेम्जोङले विफल पारिदिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.