|

काठमाडौं : भारतको मुम्बईस्थित मलाड क्षेत्रमा एउटा आवासीय भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ। घना बस्ती रहेको क्षेत्रमा गएराति एउटा घर अचानक भत्किँदा अरु ८ जना घाइते भएको भारतीय अधिकारीहरुले जनाएका छन्। 

घर भत्किँदा केही बालबालिकाको पनि मृत्यु भएको छ। ठूलो आवासीय भवन भत्किँदा आसपासका ३ वटा घर पनि च्यापिएर भत्किएका छन्।  बृहनमुम्बई कर्पोरेसनका अनुसार घटनास्थलबाट १५ जनाको सकुशल उद्धार गरिएको छ।

मुम्बईमा जारी मनसुनी वर्षाका कारण घर भत्किएको हुन सक्ने अनुमान गरिएको छ। बृहनमुम्बई कर्पोरेसनले एउटा घर भत्किएपछि त्यसको आसपासमा रहेका अन्य ठूला आवासीय घरहरुलाई खाली बनाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.