|

काठमाडौं : युरो कप फुटबलमा  बेल्जियमले विजयी सुरुवात गरेको छ। शनिबार राति भएको खेलमा घरेलु टिम रुसलाई ३-० गोल अन्तरले पराजित गर्दै बेल्जियमले सुखद सुरुवात गरेको हो।

सेन्ट पिटर्सवर्गमा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले दुई गोल गरे।  यस्तै थोमस मुनिएरको नाममा एक गोल रह्यो। खेलको दशौँ मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए।

गोलपछि लुकाकुले आफ्नो गोल खेल दौरान हृदयघात भएर अस्पताल भर्ना भएका इन्टर मिलानका सहकर्मी तथा डेनमार्कका क्रिस्टियन एरिक्सनलाई समर्पण गरे। फिनल्याण्डविरुद्धको खेल दौरान अचेत भएका एरिक्सन खतरामुक्त रहेको बताईएको छ।

खेलको ३४ औं मिनेटमा थोमसले गोल गर्दै बेल्जियमलाई २-० को अग्रता दिलाए। पहिलो हाफमा २ ० को अग्रता लिएको बेल्जियमले खेलको ८८ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३-० को जित दिलाए।

जितसँगै बेल्जियमले युरो कपको पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ। यस समूहमा ३ अंक जोडेको फिनल्याण्ड दोस्रो स्थानमा रहेको छ। डेनमार्क अंकविहीन रहदै तेस्रो स्थानमा रहेको छ।​

युरोकपमा आज तीन खेलहरु हुँदैछ। आज हुने पहिलो खेलमा समूह 'डी' मा रहेको इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। लण्डनको वेम्बली स्टेडियममा हुने घरेलु टिम र क्रोएसियाबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ। यस्तै आज हुने दोस्रो खेलमा अष्ट्रिया र नर्थ म्यासेडोनियाबीच खेल हुनेछ। समूह 'सी' मा रहेको अष्ट्रिया र नर्थ म्यासेडोनियाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ। 

आजको अन्तिम खेलमा नेदरल्यान्ड्स र युक्रेनबीच हुनेछ। दुई टिमबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.