|

काठमाडौं : कोरोना सङ्क्रमणविरुद्धको खोपको व्यवस्था मिलाउन नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले सरकारसँग माग गरेको छ। खोपको सुनिश्चितता नभएसम्म पेट्रोलियम पदार्थको ढुवानी नगर्ने संघले जनाएको छ। 

संघले आइतबार नेपाल आयल निगमलाई पत्र पठाउँदै खोपको व्यवस्था नभएसम्म अतिआवश्यक सेवाभित्र राखिएको पेट्रोलियम पदार्थको ढुवानी रोक्ने जनाएको हो। संघले दोस्रो लहरको सङ्क्रमणका कारण ट्याङ्कर चालक, सहचालक तथा पम्पका कर्मचारी तथा तिनका परिवारका सदस्यको निधनसमेत भएको जनाउँदै थप जोखिम मोलेर पेट्रोलियम पदार्थको ढुवानी नगर्ने बताएका हुन्। 

संघका अध्यक्ष ईश्वर लामाले नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई पत्र पठाउँदै थप सेवा प्रवाह गर्न असमर्थ रहेको भन्दै खोपको विशेष व्यवस्था गरी कार्य सञ्चालन गराउन आग्रह गरेका छन्।

संघले दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको जनाउँदै निगम र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा खोपको माग गरेको थियो। तीन पटकसम्म खोपको माग गर्दै पत्र पठाउँदा समेत बेवास्ता भएको भन्दै संघले खोपको व्यवस्था नभएसम्म ढुवानी नगर्ने जनाएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.