|

धनकुटा : धनकुटाको छथर जोरपाटी गाउँपालिका ४ नं. वडा कार्यालयमा स्थानीयले ताला लगाएका छन्। यस आर्थिक वर्षमा संघीय संसदमार्फत उपलब्ध हुने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको २० लाख रुपैयाँ वडा कार्यालयले अर्को वडामा दिएको विरोधमा तालाबन्दी गरिएको स्थानीय चित्रदेवी थापाले बताइन्।

सो बजेट छथर जोरपाटी गाउँपालिकाकै मेरुदण्डको रुपमा त्रिवेणी धामसम्म पुग्ने सडकका लागि विनियोजन भए पनि वडा कार्यालयले निहीत स्वार्थ कमिसन चलखेल र विकासविरोधी घातक काम गरेको अर्का स्थानीय ठगेन्द्रप्रसाद पराजुलीको भनाइ छ।

भनाइ छ। सातौँ पटकसम्म सिफारिसका लागि वडाध्यक्षलाई भेट्दा वडाध्यक्षले सिफारिस नदिएको र हाल सो बजेट अर्को वडामा लगेको थाहा पाएपछि बाध्य भएर ताला लगाउनु परेको उनको भनाइ छ।

समिति आफैँ बनाइदिनुभन्दा पनि वडाध्यक्षले पहल नगरेको तथा ठेक्काबाट काम गरौ भनौँ भन्दा पनि काम नगरेको पराजुलीले बताए।

वडा कार्यालयले पार्टीगत रुपमा मात्रै काम गरेको र पार्टी निकट मानिस उपभोक्ता समितिमा नभएको कारणले सिफारिस रोकेको स्थानीय मनमाया शिवभक्तिले बताइन्। उनले सो बजेट नपाएसम्म तालाबन्दी जारी रहने बताइन्। दम्भको आधारमा बजेट स्थानान्तरण गरिएको उनको आरोप छ।

छलफलका लागि तयार छु : वडा अध्यक्ष

यता, वडाध्यक्ष टेकबहादुर घिसिङले तालाबन्दी किन र के का लागि लगाएको भन्ने छलफल र बहस नभएको आफूलाई जानकारी नभएको बताए। गाउँपालिकाको नीति तथा कार्यक्रमका लागि वडाका सबै जनप्रतिनिधि र कर्मचारी वडा कार्यालय बन्द गरेर गाउँपालिकाको कार्यालय गएको बेला ताला लगाएकाले आफूहरु जानकारीविहीन रहेको उनको भनाइ छ।

सडक निर्माणका लागि उपभोक्ता समिति बनाउन नदिएको र जहिल्यै असफल बनाउन खोजेपछि टोलवस्तीको नेतृत्वमा काम गरौँ भन्दा पनि विवाद निकालेपछि काम हुन नसकेको घिसिङले बताए। जे हुँदा पनि विवाद भएपछि संघीय संसद राजेन्द्र राईले अर्को वडामा लानुभएको उनको भनाइ छ। असन्तुष्ट पक्षले छलफलको माध्यमबाट समस्या समाधानको लागि वडा कार्यालय तयार रहेको वडाध्यक्ष घिसिङले बताए।

ताला स्थानीय प्रशासनको सहयोगमा गाउँपालिकाको टोलीले ताला तोडेको छ। ताला तोडेको भए पनि आफूहरुको माग पूरा नभएसम्म पुन वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्ने स्थानीयको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.