|

काठमाडौं : नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) को सरुवा भएको छ। गृह मन्त्रालयले १६ जना डिआइजीहरूको सरूवा गरेको हो। सोमबार सार्वजनिक सरूवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्युरोमा डिआइजी धिरजप्रताप सिंहको सरूवा भएको छ। 

ब्युरोमा कार्यरत् सहकुलबहादुर थापाको प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालयमा सरूवा भएको छ। यस्तै प्रदेश १ मा अरुणकुमार विसीको सरूवा भएको छ।

प्रदेश २ मा उमेश रञ्जितकार, गण्डकी प्रदेशमा दिवेश लोहनी, बागमती प्रदेशमा प्रकाशजंग कार्की, लुम्बिनी प्रदेशमा मुकुन्दराज आचार्यको सरुवा भएको छ। यस्तै गणेशबहादुर ऐरको कर्णाली प्रदेश, पुरुषोतम कंडेलको सुदूरपश्चिम प्रदेश, रवीन्द्रकुमार धानुकको विशेष ब्युरो, वसन्तकुमार पन्तको अख्तियार र ईश्वरबाबाबु कार्कीको प्रधान कार्यालय योजना तथा अन्वेषण निर्देशनालयमा सरुवा भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.