|

संखुवासभा : कोरोना संक्रमितको मनोबल उच्च राख्न संखुवासभाका आइसोलेशनमा योग अभ्यास सुरु गरिएको छ। कोरोना संक्रमितको मनोबल उच्च बनाउन आइसोलेशनमा विहान दुई घण्टा योग गराइने गरेको छ।

आइसोलेशनमा हरेक दिन विहान ६ः३० मा पतञ्जली योग समिति संखुवासभाका जिल्ला अध्यक्ष छितिज बरालसहित जनप्रतिनिधिहरु समेत योगाभ्यास गराउछन्।

​कोरोना संक्रमित भई आइसोलेशसनमा बसेकाहरुलाई एकै ठाउँमा लामो समयसम्म बसिरहनु पर्ने हुँदा उनीहरुलाई शारिरीक तथा मानसिक समस्या हुने गर्दछ। योगमार्फत स्वासप्रश्वासको अभ्यासलाई प्राथमिकतामा राखिएको प्रशिक्षक बरालले जानकारी दिए।

शरीरमा अक्सिजनको मात्रा बढाउने, मानसिक समस्या हटाउने, शारिरीक व्यायाम लगायतका कृयाकलापहरु गरिदै आएको छ। कोरोना संक्रमितको स्वास्थ्य तन्दुरुस्त राख्न योग अभ्यास सुरु गरिएको प्रशिक्षक बरालले बताए। 

जिल्ला अस्पतालको कोभिड आइसोलेशन वार्डमा कोरोना संक्रमितको मनोबल बढाउन पतञ्जली योगले हरेक दिन योगअभ्यास गराइन्छ। आइसोलेशनमा गरिने योगले कोरोना संक्रमितहरुको मनोबल उच्च भएको कोरोना जितेर फर्किएकी खाँदबारी–१ इन्दिरा पोख्रेलले बताइन्।

आइसोलेशनमा सिकिस्त बिरामीहरु पनि योगमा सहभागी भएर स्वास्थ्यमा सुधार आएको योग प्रशिक्षक बरालले बताए। पतञ्जली योग जिल्ला कार्यसमिति संखुवासभाले यसअघि खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङ र चैनपुर नगरपालिकामा समेत योग शिविर सञ्चालन गरिसकेको छ।

संखुवासभामा एक हजार तीन सय १३ जना कोरोना मुक्त भएका छन्। हाल सम्म संखुवासभामा कोरोना संक्रमितको संख्या एक हजार ६ सय ४५ पुगेका छन्। जिल्लामा कोरोनाबाट आठ जनाको मृत्यु भइसकेको छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.