|

धनकुटा : धनकुटा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ। हास्य कलाकार दीपकप्रसाद आचार्य ‘काकु’ र नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रीय उपाध्यक्ष सुन्दरवावु श्रेष्ठको पहलमा बोधिसत्व बिहार, काठमाडौंलेस्वास्थ सामाग्री तथा स्वास्ग्य उपकरण सहयोग गरेको हो।

स्वास्थ्य सामग्री ३५ ठाउँमा वितरण गर्ने योजना रहेको भए पनि १३ ठाउँमा मात्रै वितरण गर्न सकिएको कलाकार आचार्यले बताए। १३ ठाउँमा एक करोड १० लाख रुपैयाँभन्दा बढीको स्वास्थ्य सामग्री वितरण गरिएको उनले जानकारी दिए। 

धनकुटा जिल्ला अस्पतालसहित साँगुरीगढी गाउँपालिका, धनकुटा नगरपालिका, छथर जोरपाटी गाउँपालिका, तांखुवा स्वास्थ्य चौकी, हात्तीखर्क स्वास्थ्य चौकी, परेवादिन स्वास्थ्य चौकी, कोभिड अस्पताल जोरपाटी, महालक्ष्मी नगरपालिका, मुर्तिढुंगा स्वास्थ्य चौकी, लेगुवा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। यस्तै, उनीहरुले मोरङको बेलबारी नगरपालिका र सुन्दर स्वास्थ्य चौकी सुन्दर हरैंचालाई हस्तान्तरण गरिएको आचार्यले बताए। 

धनकुटा अस्पताललाई पिपिइ ५० थान, एन ९५ माक्स २५० थान, सर्जिकल माक्स एक हजार थान, सर्जिकल ग्लोब्स १०० थान, सब ग्लोब्स २०० थान, अक्सिमिटर चार थान, फेससिल्ड ५० थान, ग्लोकुमिटर र स्प्रे क्यान एकएक थान हस्तान्तरण गरिएको छ। यस्तै, हेयर क्याप २०० थान, हेण्डवास ३० लिटर, सेनिटाइजर २० लिटर, मेडिथान बक्स एक थान र नोजल क्रोम एक पाकेट हस्तान्तरण गरिएको उपाध्यक्ष श्रेष्ठले जानकारी दिए। 

यस्तै, नेत्रज्योति संघ धनकुटाले पनि धनकुटा अस्पताललाई ५० थान पिपिइ हस्तान्तरण गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.