|

काठमाडाैं : जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा संक्रमितको संख्या सत्र करोड ८७ लाख ८८ हजार २४७ जना रहेका छन्।

कोरोना शुरु भएयता हालसम्म विश्वभर संक्रमणबाट ३८ लाख ७३ हजार २५० जनाको मृत्यु भएको छ। सो विश्वविद्यालयले जुन २१ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित देश मध्ये अमेरिका पहिलो स्थानमा रहेको छ।

अमेरिकामा कोरोना संक्रमणदर र मृत्युदर उच्च रहेको छ।  संक्रमितको संख्या कूल मृत्यु संयुक्त राज्य अमेरिकामा तीन करोड ३५ लाख ५४ हजार ३१९ जनामा कोरोना संक्रमण रहेको छ भने ६ लाख २ हजार ९२ जनाको मृत्यु भएको छ।

त्यस्तै दोस्रोमा भारत रहेको छ। जहाँ  दुई करोड ९९ लाख ७७ हजार ८६१ संक्रमित भएका छन् भने तीन लाख ८९ हजार ३०२ जनाको मृत्यु भएको छ।

कोरोना संक्रमण र मृत्युको हिसाबले क्रमश : ब्राजिलमा एक करोड ७९ लाख ६४ हजार ८६६,  पाँच लाख २ हजार ५८६,  फ्रान्समा ५८ लाख १९ हजार ५८४, एक लाख १० हजार ९४० टर्कीमा ५३ लाख ७५ हजार ५९३, ४९ हजार २३६, रुसमा ५२ लाख ७२ हजार ३३८, एक लाख २७ हजार ६४१ जना रहेका छन्।

यस्तै,  बेलायतमा ४६ लाख ५६ हजार ५३६,  एक लाख २८ हजार २४५, अर्जेन्टिनामा ४२ लाख ७७ हजार ३९५, ८९ हजार ४९०, इटालीमा ५२ लाख ५३ हजार ४६०, एक लाख २७ हजार २९१, कोलम्बियामा ३९ लाख ६८ हजार ४०५, एक लाख ५८२, स्पेनमा ३७ लाख ६४ हजार ६५१, ८० हजार ६८९, जर्मनीमा ३७ लाख ३० हजार ६२०, ९० हजार ४७९, इरानमा ३१ लाख ५ हजार ६२०, ८३ हजार १०१, पोल्याण्डमा २८ लाख ७८ हजार ८४० र  ७४ हजार ८२९ रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.