|

झापा : नेपाल चिकित्सक संघले झापामा १२ वटा अक्सिजन कन्सन्ट्रेटर र ५० थान पिपिई प्रदान गरेको छ।

जिल्ला स्वास्थ्य कार्यालयमा मंगलबार एक कार्यक्रमबीच नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अक्सिजन कन्सन्ट्रेटर र पिपिईलाई स्वास्थ्य कार्यालयमार्फत १० वटा स्थानीय तहका स्वास्थ्य केन्द्रहरूलाई हस्तान्तरण गरेका थिए।

भद्रपुर नगरपालिकालाई तीन तथा कचनकवल गाउँपालिका, हल्दिबारी गाउँपालिका‚ बाह्रदशी गाउँपालिका‚ अर्जुनधारा नगरपालिका‚ बिर्तामोड नगरपालिका‚ बुद्धशान्ति गाउँपालिका‚ गौरदाह नगरपालिका, शिवसताक्षी नगरपालिका र झापा गाउँपालिकालाई एक/एक थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.