काठमाडौं : एक दलित युवतीलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी काठमाडौं बबरमहल निवासी सरस्वती प्रधान रिहा भएकी छिन्।
उनलाई काठमाडाैं जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको हो।
उनीविरुद्ध २४ वर्षीया पत्रकार रुपमा सुनारले प्रहरीमा उजुरी दिएकी थिइन्। उनको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट गएको प्रहरीले उनलाई असार ६ गते पक्राउ गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।