|
प्रतीकात्मक तस्बिर

झापा : बिरिङ खोलामा डुबेको अवस्थामा एक पुरूषको शव फेला परेको छ। अर्जुनधारा नगरपालिका-३ का ४० वर्षीय राजकुमार खनालको शव फेला परेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

उनको शव अर्जुनधारा-१ स्थित साधुटार–होक्से सडकखण्ड अन्तर्गत पर्ने बिरिङ खोलामा फेला परेको हो। माथिल्लो भागमा नाङ्गो र पेन्ट मात्र लगाएको अवस्थामा उनको शव फेला परेको डिएसपी थापाले बताए।

मृतक खनाल शुक्रवार राति १० बजे घरबाट कसैलाई नभनी हिँडेको र उनको शव शनिबार बिहान ६ बजे खोलामा फेला परेको थापाले बताए। घटनाको विषयमा इलाका प्रहरी कार्यालय अनारमनि र प्रहरी चौकी शनिश्चरेले अनुसन्धान गरिरहेको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.