|

रसियाको साइबेरिया प्रान्तमा जुन महिनामा  औसत तापमान माइनस ११ डिग्री हुने गर्छ। तर, यस वर्ष तापक्रमले १२० वर्षको रेकर्ड तोडेको छ।

आर्कटिकतर्फ उडिरहेको तातो बतासको कारण तापक्रम ४८ डिग्री पुगेको हो। युरोपियन युनियनको अर्थ अब्जरबेशनका अनुसार साइबेरियाको वरकोजान्स्क शहर बिहीबार सबैभन्दा तातो रहेको थियो। यहाँको तापक्रम ४८ डिग्री सेल्सियस रेकर्ड गरिएको छ।

बिहीबार शहर यति तातो थियो कि मानिसहरू बाहिर निस्किन सकिरहेका थिएनन्।  गर्मीबाट सुरक्षित हुन शहरमा पानी छर्किएको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन्।

साइबेरियामा ३ करोड ९० लाख जनसंख्या रहेको छ। विज्ञहरू भन्छन कि जलवायु परिवर्तनले रुसलाई असर गरिरहेको छ। रूसमा विश्वको तुलनामा २.५ गुणा तीव्र गतिमा तापक्रम बढेको बताइएको छ।

वर्ल्ड मिटियोरोलोजीले  मौसम परिवर्तनको सम्बन्धमा उचित प्रयास गरेनौं भने विश्वमा बाढी, खडेरी र आँधीबेहरीको संख्या बढ्न सक्ने चेतावनी दिएको छ।आर्कटिक क्षेत्रको जंगलमा आगो लाग्नु नै अहिले तापक्रम बढ्नुको मुख्य कारण मानिएको छ। जसको कारण आर्कटिक क्षेत्रको विशाल हिमालहरू पनि छिटो पग्लिरहेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.