|

अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोयडको हत्थामा संलग्‍न पूर्व-प्रहरी अफिसर डेरेक शाविनलाई अमेरिकाको एक अदालतले २२ वर्ष ६ महिनाको जेल सजाय सुनाएको छ।

फ्लोयडको गत वर्षको हत्या भएको थियो।  आफ्नो निर्णय सुनाउँदै न्यायाधीशले ती पूर्व-प्रहरी  अधिकारी शाविनले आफ्नो पदीय  अधिकारको दुरुपयोग गरेको र फ्लोयडलाई क्रूर व्यवहार गरेको बताए।

४५  वर्षीय शाविनलाई निहत्था फ्लोयडको ९ मिनेटसम्म घाँटीमा थिचेका थिए। जुन वर्ष गत मेमा मिनियापोलिसमा यो घटना भएको थियो।

फ्लोयडको केही मिनेटपछि मृत्यु भएको थियो। यो घटनाको भिडियो सार्वजनिक भएपछि  विश्वभर भाइरल भएको थियो।  भिडियो सार्वजनिक भएपछि अमेरिकासहित विश्वभर जातीयता र पुलिसको क्रूर व्यवहारविरुद्ध कडा विरोध प्रदर्शन भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.