|

काठमाडौं : राजधानी उपत्यकामा सार्वजनिक यातायात भोलि (मंगलबार)देखि जोरबिजोर प्रणालीबाट सञ्चालन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको छलफलपछि उपत्यकामा छोटो दूरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेकाे हो। 

काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा भने एक साता लम्बिएको छ। कोरोना संक्रमण जोखिम कायमै रहेकाले थप एक साता निषेधाज्ञा थपेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए।

उनले थाहाखबरसँग भने, ‘जोरबिजोर प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय भएको छ। तर माइक्रोबस भने चल्ने छैनन्। २५ सिटमाथिका मात्रै चल्न पाउने छन्।’ उनका अनुसार सवारीसाधनको सिट क्षमता आधारमा यात्रु राख्न पाइने छ भने सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र चलाउन पाइने छ।

तीनवटै जिल्लाका प्रमुख अधिकारीहरु आइतबार निषेधाज्ञाकै विषयमा एक चरण छलफल गरेका थिए। जारी निषेधाज्ञा सोमबार सकिँदै छ। यसअघि सरकारले असार ८ गतेदेखि निजी सवारीसाधन जोरबिजोर प्रणालीबाट चल्न दिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.