|

काठमाडौं : साताको दुई दिन उकालो लागेको सेयर बजार मंगलबार दोहोरो अंकले ओरालो लागेको छ। आज बजार ४७.५ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २८२८ को विन्दुमा झरेको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ९.८८ अंकले घटेर ५२३.६९ को विन्दुमा ओर्लेको छ। यो दिन कारोबार रकम पनि पौने ७ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा रातो पोतिएको छ भने एउटामा मात्रै हरियाली छाएको छ।

यो दिन वित्त समूह सर्वाधिक ४.११ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह ३.९७ प्रतिशतले घटेको आज बैंकिङ समूहमा १.३६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.०४ प्रतिशत, जलविद्युत समूहमा २.६१ प्रतिशत, लगानी समूहमा ३.४३ प्रतिशत, जीवन बीमा समूहमा ०.९६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.५९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४३ प्रतिशत, निर्जीवन बीमा समूहमा १.७५ प्रतिशत, अन्य समूहमा २.३५ प्रतिशत र व्यापार समूहमा १.२७ प्रतिशतको गिरावट आएको छ। आज लघुवित्त समूह भने ०.५० प्रतिशतले उकालो लागेको छ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

नेप्सेमा सूचीकृतमध्ये २२३ कम्पनीका १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता सेयर ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार रुपैयाँमा किनबेच भएका छन्। आज राधी विद्युत कम्पनीको सर्वाधिक ४९ करोड ८३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

नेसनल हाइड्रोपावरको ३६ करोड ७८ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन एचआईडीसीएलको २९ करोड ६७ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको २३ करोड ९९ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १६ करोड ५३ लाख रुपैयाँ, माथिल्ला तामाकोशीको १५ करोड ४६ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको १३ करोड ४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १२ करोड ६५ लाख रुपैयाँ, निफ्राको १२ करोड ५० लाख रुपैयाँ र नेपाल बैंकको ११ करोड २२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ओरियन्टल होटेलका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरमूल्यमा ६ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ। प्रोग्रेसिभ फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो फाइनान्सको सेयरभाउमा ९ प्रतिशतको हाराहारीमा गिरावट आएको छ। एचआईडीसीएल र बेस्ट फाइनान्सको सेयरमूल्य पनि ८ प्रतिशत बढीले ओरालो लागेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.