|

काठमाडौं : ललितपुर जिल्लाका १७ वटा रोटरी क्लवहरुको सञ्जाल (एनआरसीएल) ले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई राहत सामग्री वितरण गरेको छ।

मंगलबार रोटरी क्लवहरुले सिन्धुपाल्चोकका बाढी प्रभावितहरुका लागि खाद्य राहत सामग्री,खाना पकाउने प्रेसर कुकर प्राधिकरणलाई हस्तान्तरण गरेको हो। 

प्राधिकरणका कार्यकारी प्रमुख डा‍.अनिल पोखरेलले उपलब्ध राहत सामग्री चाँडै सिन्धुपाल्चोकको हेलम्बु,इच्चोक,ग्याल्चोक,पाल्चोक,पाँचपोखरी र मेलम्ची शिखरपुर माझीटारका पीडितहरुलाई आवश्यकता अनुसार वितरण गर्ने बताए। उनका अनुसार सो राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समिति मार्फत वितरण गरिने छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.