|

काठमाडौं : पशुपतिनाथ मन्दिर भक्तजनका लागि तत्काल नखुल्ने भएकाे छ। कोरोना संक्रमणको जोखिम अझै कायमै रहेकाले तत्काल मन्दिर नखोल्ने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए। 

‘सरकारले खोल्ने कुनै तयारी देखाएको छैन। हाम्रो पनि तयारी छैन,' उनले भने‚ 'तत्काल भक्तजनले दर्शन गर्न पाउँदैनन्।' साउनभित्र पनि मन्दिर खुल्छ वा खुल्दैन भनी केही भन्न नसकिने उनले बताए।

साउन महिना भगवान शिवको प्रिय मानिन्छ। त्यसैले साउनमा देशका विभिन्न भागका साथै भारतलगायत देशबाट पनि भक्तजन पशुपतिनाथको दर्शन गर्न आउने गर्दछन्।

नेपालमा पुन: नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि कोषले वैशाख पहिलो सातादेखि मन्दिरमा दर्शन गर्न रोक लगाएको थियो। वैशाख १६ गतेदेखि उपत्यकामा जारी निषेधाज्ञा अझै कायमै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.