वैदेशिक रोजगारीमा जाने र बाढीपीडित पनि योजनाभित्र

|

काठमाडौं : सरकारले चिनियाँ कम्पनी सिनोफर्मसँग ४० लाख डोजन भेरोसेल खोप खरिदका लागि नन् डिस्क्लोजेवल सम्झौता गरेको छ। सोहीअनुसार पहिलो चरणको १० लाख डोज खोप लिन नेपाल वायुसेवा निगमको विमान भोलि ( बिहीबार) चीन जाँदै छ। सम्भवतः शुक्रबार खोप नेपाल आइपुग्नेछ।

चीनबाट धेरै मात्रामा खोप आउने भएपछि सरकारले खोप अभियान सञ्चालन गर्ने बताएको छ। चीनबाट आउने भेरोसेल खोपको मुख्य प्राथमिकता ५५ वर्षमाथिकालाई लगाइने खोप सल्लाहकार समितिका संयोजक डा श्यामराज उप्रेतीले थाहाखबरलाई बताए।

उनले भने, ‘यसअघि ६० वर्ष माथिकालाई खोप लगभग लगाइसकिएको छ, अब ५५ वर्षभन्दा माथिकालाई मूल आधार मानेर खोप लगाइनेछ। त्यसपछि यसअघि निर्धारण गरिएअनुसार नै ४५-५० वर्षकालाई लगाइने छ।'

वैदेशिक रोजगारीमा जानेलाई पनि लगाउने तयारी

यस्तै हाल कोरोनाविरुद्ध खोप लगाएकालाई मात्रै वैदैशिक रोजगारीमा जान दिने अनुमति दिएका छन्। त्यसैले पनि अब ल्याइने खोपको प्राथमिकता उनीहरू पर्ने डा उप्रेतीले बताए।

यसैगरी अहिले बाढीपहिरोका कारण धेरै मानिस प्रभावित भएकाले पनि यो खोपको प्राथमिकतामा उनीहरू पनि पर्ने उप्रेतीको भनाइ छ। ​बाढीपहिरो प्रभावितलाई खोप लगाउनेबारे छलफल भए पनि निर्णय भने भइनसकेको उनको भनाइ छ। 

गत वर्ष  स्वास्थ्य मन्त्रालयले जोखिम र उमेर समूहका आधारमा खोप वितरणको प्राथमिकताक्रम निर्धारण कार्यविधि बनाएको थियो। जसअनुसार स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारी, अग्रपंक्तिमा खटिने अन्य पेसाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र ६५ वर्षमाथिकालाई पहिलो प्राथमिकतामा राखिएको थियो।

दोस्रो प्राथमिकतामा ५५ देखि ६० वर्षसम्मका, गम्भीर किसिमका रोगी र आप्रवासी कामदार, शरणार्थीलगायतलाई खोप दिइने भनिएको थियो। तेस्रो प्राथमिकतामा भने ४० देखि ५४ वर्ष र त्यसपछि १८ देखि ३९ वर्षका व्यक्तिहरूलाई खोप दिने भनिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.