४० लाख मात्रा सिनोभ्याक खोपको म्याद गुज्रेको ५ महिना पुग्यो

|

काठमाडौँ : चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको ४० लाख मात्रा सिनोभ्याक खोप लगाइसक्नु पर्ने म्याद सकिएको करिब ५ महिना भइसक्दा पनि उक्त खोप नष्ट गर्ने प्रक्रिया अझै टुंगो लागेको छैन।

गत पुस १५ गते नै म्याद गुज्रिएको ४० लाख सिनोभ्याक्स खोप हाल टेकुस्थित स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डार कक्षमा त्यसै थुपारेर राखिएको छ। यसले गर्दा हाल उक्त भण्डारमा अन्य खोप भण्डार गर्नै अप्ठ्यारो भएको छ।

प्रयोग नै नगरी एकैपल्ट यति धेरै मात्रामा खोप नष्ट गर्नु पर्ने अवस्था सम्भवतः देशमा पहिलोपल्ट आएको हो। त्यसकारण अब यो खोप कसरी नष्ट गर्ने भन्ने विषय अझै टुंगो नलागेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले बताए।

‘कसरी नष्ट गर्ने भन्ने टुंगो लाग्न सकेको छैन, खोप अहिले भण्डार कक्षमा नै छ। एकै पटक ठूलो मात्रामा खोप नष्ट गर्नुपर्ने भएकाले पनि ढिलो भएको हो‚’ उनले भने।

डा चौरसियाका अनुसार अन्य सरोकारवालाहरुको सल्लाहमा विभागअन्तर्गतकै वातावरणीय स्वास्थ्य एवं स्वास्थ्यजन्य फोहोर व्यवस्थापन शाखासँगको समन्वयमा खोप नष्ट गर्ने प्रक्रिया अगाडि बढाइनेछ।

तर ठूलो मात्रामा रहेको खोप नष्ट गर्न सुरक्षा निकायसँगको सहभागितामा मुचुल्का उठाएर माइन्युट गरेपछि मात्र नष्ट गर्न मिल्ने प्रावधान रहेको व्यवस्थापन महाशाखाले जनाएको छ।

तर अहिलेसम्म त्यसको पनि टुंगो नलागेको वातावरणीय स्वास्थ्य एवं स्वास्थ्यजन्य फोहोर व्यवस्थापन शाखाका उपेन्द्र ढुङ्गानाले बताए। उनले भने‚ ‘४० लाख मात्रा सिनोभ्याक खोप नष्ट कसरी गर्ने भन्ने विषय अझै टुंगो लागेको छैन‚ कुन तरिकाले गर्न सकिन्छ भन्ने विषयमा हामी छलफल गरिरहेका छौँ।’

औषधि तथा खोपको म्याद सकिएपछि नष्ट गर्नुपर्ने छुट्टै प्रावधान छ। यसअघि यसरी नष्ट गर्नुपर्ने खोप तथा औषधिको लागि भने पहिला सुरक्षा निकायसँगको सहभागितामा मुचुल्का उठाएर माइन्युट गरेपछि मानव बस्ती नभएको स्थानमा वा ठूला सिमेन्ट फ्याक्ट्रीमा लगेर नष्ट गर्ने गरिन्थ्यो वा उत्पादक कम्पनीमा फिर्ता पठाउने प्रचलन थियो।

तर पहिलो पटक ठूलो परिमाणमा कोभिड खोप नष्ट गर्नुपर्ने अवस्था सिर्जना भएकाले कस्तो प्रक्रिया अपनाउने भन्नेबारे सरकार अझै निष्कर्षमा पुग्न सकेको छैन।

ठूलो परिमाणमा रहेको खोप लामो समय केन्द्रीय भण्डार कक्षमा थुप्रिएर रहँदा नियमित प्रयोग गरिने अन्य खोप भण्डारण गर्न ठाउँ अपुग भइरहेकाले विभागअन्तर्गतको आपूर्ति शाखाले छिटोभन्दा छिटो उक्त खोप नष्ट गर्नुपर्ने अवस्था रहेको आपूर्ति शाखाका एक कर्मचारीले बताए।

‘पछिल्लो समय नियमित रुपमा नै धेरै खोप कार्यक्रमहरु संचालन भइरहेका छन् जसले गर्दा नियमित खोप कार्यक्रमतर्फकै खोपहरु भण्डार गर्नुपर्ने हुन्छ। यसरी लामो समय ठूलो परिमाणको खोपले भण्डार कक्षमा ठाउँ ओगट्दा अन्य खोप भण्डार गर्न समस्या भइरहेको छ‚’ आपूर्ति शाखाका एक कर्मचारीले भने‚ ‘अब एक महिनाभित्रै ठूलो मात्रामा पोलियो खोप अभियान शुरु हुँदै छ त्यो खोप पनि यही भण्डारण गर्नु पर्छ। हुन त पहिलेको भन्दा भण्डार क्षमता धेरै भए पनि ठूलो खोप अभियान संचालन गर्दा धेरै खोप राख्नु पर्छ‚ त्यस्तो अवस्थामा अफ्ठ्यारो हुन्छ।’

स्वास्थ्य मन्त्रालयले चालु आवको असार मसान्तभित्रै १४ लाखभन्दा बढी बालबालिकालाई इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आईपीभी) लगाउन अर्को बृहत् खोप अभियान संचालन गर्दै

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.