|

काठमाडाैं : वसन्तपुरस्थित काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ। ०७२ को भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ।

पुनर्निर्माण समितिका संयोजक एवं प्रदेश सांसद राजेश शाक्यले अहिलेसम्म पुनर्निर्माण काम ९० प्रतिशत सम्पन्न भइसकेको जानकारी दिए। उनका अनुसार काठमाडाैं उपत्यकाको परिचय रहेको काष्ठमण्डप सातौँ शताब्दीकै शैली र प्रविधि प्रयोग गरेर पुनर्निर्माण भइरहेको छ। पुनर्निर्माणको काम ०७५ को वैशाखबाट सुरु भएको थियो। 

उपभोक्ता समितिमार्फत पुरानै शैलीमा पुनर्निर्माणका भैरहेको काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौ महानगरपालिकाले समितिलाई चार चरणमा गरेर ११ करोड ५० लाख रकम उपलब्ध गराएको छ।

‘लकडाउन र निषेधाज्ञाको अवधिमा पनि स्वास्थ्य मापदण्डको पालना गर्दै र सकेसम्म भौतिक दूरी कायम गरी पुनर्निर्माणको कामलाई निरन्तरता दिइएको छ,’शाक्यले भने।

सुरुमा निर्माणको लागि चाहिने काठको अन्योल रहे पनि उपभोक्ता समितिले बारा पर्सा रौतहटलगायतका तराईका जिल्लाबाट गोलाकाठ ल्याई हेटौँडामा चिरान गरेर काठमाडाैं ल्याउने गरेको उनको भनाई छ। काष्ठमण्डप पुनर्निर्माण प्रयोग भैरहेको माटो, इँटा र अन्य काठ पुरानो प्रयोग भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.