|

काठमाडौं :  नेकपा माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाएका पूर्व माओवादी नेताहरु निर्वाचन आयोग जाँदै छन्।

टोपबहादुर रायमाझीको नेतृत्वमा पूर्व माओवादी नेताहरु प्रभु साह, मणि थापा र गौरीशंकर चौधरी आज ११ बजे निर्वाचन आयोग जान लागेका हुन्। लेखराज भट्ट भने विरामी भएका जान नसक्ने स्वकिय सचिव हितेश ओझाले थाहाखबरलाई जानकारी दिए। उनले भट्टलाई युरिक एसिडको समस्या भएका कारण जान नसक्ने बताए।

उनले भट्टका तर्फबाट आफु जान लागेको जानकारी दिए।  अधिवक्ता सरोज बुढाथोकीले माओवादी केन्द्र दल दर्ता खारेजीको मागसहित निवेदन दर्ता गराएका थिए ।

उनीहरु त्यस विषयमा आयोगले के गर्दै छ भनेर बुझ्न आयोग जान लागेको बताएका छन्। उनीहरु दलबदल गरी नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी पार्टीले कारवाही गर्दा प्रतिनिधिसभाको पद गएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.