|

जुम्ला :  चन्दननाथ भैरवनाथको गुठीको जग्गा अतिक्रमण गर्नेको नाम सार्वजनिक भएको छ। यसअघि थाहाखबरमा गुठीको जग्गा अतिक्रमण भनेर समाचार छापिएको थियो।

समाचार छापिएलगत्तै कर्णालीको प्रसिद्ध मानिने चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिले मन्दिरको जग्गा अतिक्रमण गर्नेहरूको नाम सार्वजनिक गरेको हो। गुठी समितिका उपाध्यक्ष कालीबहादुर थापाको संयोजकत्वमा बनेको उपसमितिले २०७१ जेठ २७ गते गुठी समितिलाई जग्गा अतिक्रमण भएको प्रतिवेदन पेस गरेको थियो।

गुठी समितिको बैठकले चन्दननाथ, भैरवनाथ गुठीको नाममा नापचाँज भएको जग्गामा अतिक्रमण गरी घर टहरा, शौचालय निर्माण गरेकाले साता दिनभित्र मन्दिरको जग्गा खाली गरिदिन अल्टिमेटम दिएको गुठी व्यवस्थापन समितिका उपाध्यक्ष रत्नचन्द्र उपाध्यायले बताए। तोकिएको समयभित्र घरजग्गा खाली नगरे कानुनबमोजिम अघि बढ्ने चेतावनी दिएको उनले जानकारी दिए।

समितिले पटक-पटक ताकेता गर्दा पनि अटेर गरेकाले अन्तिम पटक आग्रह गरिएको उनले बताए। अतिक्रमण गर्नेहरूको नाम जग्गा अतिक्रमण गर्नेहरूमा चन्दननाथ नगरपालिका कार्यालय, वडा-५ का तिला सुनार, दत्त सुनार, दतु सुनार, वसुन्धारा श्रेष्ठ, रुपा भण्डारी, लाटी सुनार, राजु सुनार र चक्रबहादुर महत रहेका छन्।

त्यसैगरी, अम्बिका शाही, पारसमणि महत, वीर्षबहादुर स्वाँर, पदमबहादुर खत्री, नवराज गिरी, प्रभा शाही, गंगा भण्डारी, पोष्टबहादुर भण्डारी, जनक खाण, सूर्य दमाई, सुन्दरी दमाई, वर्म गिरी र मुनिराम महतारा रहेका छन्।

गुठीको जग्गा अतिक्रमण गरी अधिकांश स्थानीयले टहरा निर्माणदेखि शौचालय, घरबारी, घर निर्माण गरेका छन्। गुठीको जग्गा अतिक्रमण गरी चन्दननाथ नगरपालिकाले सार्वजनिक शौचालय निर्माण गरेको पनि पाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.