|

बर्दिया : समाजसेवी विनय रावलले अनाथ, असहाय तथा विपन्न पारिवारका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन्। बर्दियाको ठाकुरबाबा नगरपालिका-१ डुम्रेनीमा अवस्थित जनचाहना आधारभूत विद्यालयमा अध्ययनरत बाबुआमाविहीन ४ जना सहित ८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गगरिएको हो।

पढाइमा रुचि भएका तर आर्थिक अभावमा पढाइबाट बञ्चित हुन नपरोस् भन्दै अध्ययन कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रतिविद्यार्थी ८ हजारका दरले ६४ हजार छात्रवृतिस्वरूप उपलब्ध गराईएको समाजसेवी रावलले बताए।  

छात्रवृति पाएसँगै पठनपाठनमा सहयोग पुग्ने भन्दै विद्यार्थीहरू खुसी भएका छन्। यसअघि सवाजसेवी रावलले विभिन्न ठाउँका अनाथ तथा असहाय बालबालिकालाई पठनपाठनमा सहयोग पुर्याउदै आएका छन्। उनले ठाकुरबाबाकै विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत २० जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेर कक्षा १० सम्म पढाउने गरी जिम्मा लिएका छन्।

बर्दिया पुर्ख्यौली घर भएका रावल अहिले काठमाडौं बस्दै आएका छन्। समाजसेवा गर्न रुचाउने उनी विभिन्न दु:खी तया असहायहरुको साहारा पनि बनरहेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.