|

जनकपुरधाम : प्रदेश २ का एक मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका छन्। राजीनामा दिनेमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले रहेका छन्।

मन्त्री यादव र राज्यमन्त्री कुशवाहा दुवै जनता समाजवादी पार्टी उपेन्द्र यादव समूहका नेता हुन्। माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन आफूहरूले स्वेच्छाले राजीनामा दिएको राज्यमन्त्री कुशवाहाले बताए। उनले राजीनामापत्र मुख्यमन्त्री लालबाबु राउतलाई बुझाएको जानकारी दिए।

शनिबार प्रदेश २ सरकारमा माओवादी केन्द्रबाट संसदीय दलका नेता भरत साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री बनाउने तयारी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.