|
फाइल फोटो

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन देशका विभिन्न भेगमा पानी पर्ने सम्भावना रहेको छ। केही भेगमा भने भीषण वर्षा हुने महाशाखाले जनाएको छ।

आइतबार बिहान देशभर मौसम बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानमा वर्षा भइरहेको छ। दिउँसो पनि मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका केही स्थानमा भीषण वर्षाको  सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै‚ सुदूरपश्चिम प्रदेश तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा अति भीषण वर्षाको सम्भावना रहेको छ। 

राति देशभर मौसम सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, लुम्बिनी  र सुदूरपश्चचिम प्रदेशका थोरै  स्थानमा भीषण वर्षाको  सम्भावना रहेको छ। साथै‚ सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने अति भीषण वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार सोमबार पनि मौसम बदली रही पानी पर्ने सम्भावना रहेको छ। दिउँसो अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। साथै‚ सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा अति भीषण वर्षाको सम्भावना रहेको छ।

राति पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,  गण्डकी , लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा भीषण वर्षाको  सम्भावना रहेको छ। साथै‚ सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा अति भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थाना भीषण वर्षाको  सम्भावना रहेको छ। साथै‚ सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा अति भीषण वर्षाको सम्भावना रहेको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी  र लुम्बिनी प्रदेशका थोरै स्थानमा भने भीषण वर्षाको  सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.