|

बुधबार मध्यरातदेखि इजरायली सेनाले सिरियामाथि मिसाइल हमला गरेको छ। सिरियाको मध्य शहर होम्समा इजरायली सेनाले सो हमला गरेको हो।

बुधबार मध्यरातदेखि होम्स शहरमा इजरायलले मिसाइल हानेको सिरियाको समाचार समिति सानाले जनाएको छ। सानाका अनुसार गए मध्यरातदेखि सिरियामा सो हमला भएको हो।

सानाले सो हमला इजरायली सेनाले गरेको पुष्टि भएको पनि जनाएको छ। मध्य सिरियाली शहर होम्सको क्वासेर क्षेत्रमा सो हमला केन्द्रित रहेको पाइएको छ।

उक्त क्षेत्रमा सिरियाली सेनाले पनि प्रतिरक्षा गरेर मिसाइल प्रहार गरेको छ। त्यसबाट भएको हताहतीको समाचार भने आएको छैन। ती आक्रमणमा के कति मानिस हताहत भएका छन् भन्ने बारेमा खोजी भएको बताइएको छ।

केही दिन यतादेखि इजरायलले सिरियामाथि हमला गरिरहेको छ। गत सोमबार मात्र पनि इजरायलले उत्तरी सिरियाली सहर अलेप्पोमा आक्रमण गरेको थियो।

यस विषयमा सिरियाले भने कुनै प्रतिक्रिया दिएको छैन। सिरियामा अहिले पनि हिंसा जारी रहेको छ र विभिन्न हिंसात्मक समूहहरूका कारण नागरिकको ज्यान गइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.