|

काठमाडौं : पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्नो समूहको एक हजार एक सदस्यीय पिपुल भोलेन्टिएर घोषणा गरेका छन्।

आज  ४३ औं पुष्पलाल स्मृति दिवसका दिन युवा संघद्वारा भक्तपुरमा आयोजित एक कार्यक्रममा नेपालले पिपुल भोलेन्टिएर घोषणा गरेका हुन्।

शिव श्रेष्ठको संयोजकत्वमा सार्वजनिक गरिएको पिपुल्स भोलेन्टिएरको इन्चार्ज संघका उपमहासचिव एवं प्रवक्ता सञ्जिप राई र सचिव मनोज खत्री तोकिएका छन्। यसअघि नेपालनिकट अनेरास्ववियुले अखिल फोर्स गठन गरेको थियो।

एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट युवा संघले युथफोर्स ब्युँताएपछि नेपालनिकट युवा संघ र अनेरास्ववियुले युवा र विद्यार्थीको दस्ता बनाएको बताएका छन्। घोषणा अघि मोटरसाइकल र्‍याली निकालिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.