|

काठमाडौं : नेपाल बंगलादेश बैंकले मोरङको लेटाङ नगरपालिकाको बधबारे बजारमा सेवा सुरु गरेको छ।

आठौं बिस्तारित सेवा केन्द्रको शुभारम्भ प्रदेश १ का सांसद उपेन्द्र घिमिरे गरे। उक्त केन्द्रबाट लेटाङ नगरपालिकाको वडा नम्बर १, २ र ३ साथै केराबारी गाउँपालिकाको वडा नम्बर ९ का सर्वसाधरणले सेवा लिन सक्ने बैंकले जनाएको छ।

बिस्तारित सेवाबाट यस भेगमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सघाउ पुग्नका साथै विदेशबाट प्राप्त हुने रेमिट्यान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ तथा व्यवसायजन्य कारोबारका लागि लागि टाढा जान नपर्ने बैंकले बताएको छ। यस्तै‚ सामाजिक सुरक्षा गायत नेपाल सरकारबाट बैंकिङ प्रणालीमार्फत प्राप्त हुने सम्पूर्ण सेवाहरु सजिलै प्राप्त गर्नेशिक्षक एवं कर्मचारीहरुको तलबी खाता सञ्चालन गर्न सहज हुने लगायतका सेवाहरु सहजै प्राप्त हुने बैंकले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.